सुदूरपश्चिममा सल्किदै आगो ,थपिए १०५७ संक्रमित, २१ जनाको मृ,त्यु

३ जेठ,काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १०५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट २ हजार १ सय ९६ जनाको नमुना परीक्षण गर्दा प्रदेशभर झण्डै आधामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३० हजार चार सय २० पुगेको छ ।

थप २१ संक्रमितको मृ,त्यु – निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै कैलालीका ९ जना, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २र२ जना, बैतडी, अछाम र दार्चुलाका १र१ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृ,त्यु हुनेको संख्या ३ सय ५४ पुगेको छ ।

Leave a Reply