डा. बाबुराम भट्टराई प्रधानमन्त्री मोह ! प्रधानमन्त्री बनाईदिनोस भन्दै केपी ओलीको शरणमा पुगेका सनसनीपूर्ण खुलासा

२ जेठ,काठमाडौं – सामाजिक सञ्जालतिर खुबै आदर्शका कुरा गर्ने जनता समाजवादी पार्टी(जसपा)नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने रहर बोकेर मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार छिरेको खुलासा भएको छ । प्राइम टीभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा एमाले सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले डा। भट्टराई प्रधानमन्त्री बन्ने रहर बोकेर ओलीको शरणमा पुगेको खुलासा गरे ।

नेता बस्नेतले १० दिनको अवधिमा डा। भट्टराईले प्रधानमन्त्री ओलीसँग २ पटक भेटवार्ता गरेको खुलासा गरे । डा। भट्टराईले मध्यराति १ बजे बालुवाटार पुगेर आफूलाई नै प्रधानमन्त्री बनाइदिन आग्रह गरेको उनले खुलासा गरे । ‘यो १० दिनमा बाबुरामजीले प्रधानमन्त्रीलाई २ पटक भेट्नुभयो, त्यो पनि राति १ बजे । उहाँले आजको दिनमा राष्टिय सरकार बनाउनुपर्छ, यसको नेतृत्व मैले लिनुपर्छ । आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो । तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस् । मिडिया डबलीमा लेखेको छ ।

त्यो तपाईंबाहेक अरु कसैले गर्न सक्दैन । प्रचण्ड, शेरबहादुर देउवाको हामीले नाडी छाम्यौं भन्नुभयो,’ बस्नेतले अन्तर्वार्तामा भने, ‘प्रधानमन्त्रीले के भन्नुभयो भने मेरोविरुद्ध तपाईं, प्रचण्ड, नारायणकाजी, उपेन्द्रदेखि रामचन्द्रसम्म लाग्नुभा’छ अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने ? म चाहिँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०–२१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३–१४ जनाको प्रतिनिधि अनि तपाई चाहिँ कति जनाको प्रतिनिधि ? तपाईंबाहेक को छ तपाईंको प्रतिनिधि ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्ने महत्त्वकांक्षा रहे पनि पूरा हुन नसकेको नेता बस्नेतले बताए । बस्नेतले वर्तमान सरकारले मधेशको मुद्दा सम्बोधन गर्न धेरै राम्रो भूमिका खेलेको समेत बताएका छन् ।

Leave a Reply