बराबर गोल रहित नमस्ते ट्राभल दुवई र बक्स अफिस इन्टरनेसनल ग्रुपको फुटबल खेल सम्पन्न

काठमाडौं – कोरोना भाइरस (कोभिड १९)को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । चीनको वुहान सहरबाट सुरु भएको कोरोना अहिले विश्वकै ठूलो समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरेपनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिन सकेको छैन ।

विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाईरसले देश नै आक्रान्त भईरहेका बेला नेपालि कलाकार तथा खेलाडी विदेश भ्रमणमा बाहिर पुगेका छन् । नमस्ते ट्राभल वर दुवई र बक्स अफिस इन्टरनेसनल ग्रुपले मैत्रीपूर्ण फुटबल खेल आयोजना गरीएको कलाकार तथा खेलाडी सत्यकला लामाले जानकारी दिएकि छन् । आज दुवईको सफा पार्कमा सम्पन्न भएको मैत्रीपुर्ण रमाइलो फुटबलमा नमस्ते ट्राभल वर दुवई र बक्स अफिस इन्टरनेसनल ग्रुप विरुद्ध ३ गोल सहित बराबर गोलमा खेल सम्पन्न भएको छ ।

भोलि राती बक्स अफिसको बिरुद्ध पता फुटबल क्लब वर दुवई बिच हुने भएको छ । बक्स अफिस इन्टरनेसनल ग्रुपको तर्फबाट एकेन्द्र थापाको कप्तानीमा सत्यकला लामा,भुपेन्द्र लामा,पत्रकार आर.के सुबेदी,अमुल्य रानामगर,प्रतीक्षा खड्का,सुरज प्रजापति,अनुराग परियार लगायतका खेलाडी रहेका छन् भने नमस्ते ट्राभलको तर्फबाट गोबिन्द ढकाल,गुप्ते शेखर पौडेल, सुरज जिसी,सागर श्रेष्ठ,उमर घले,जित बहादुर कार्की,अर्जुन शर्मा,विजय तामाङ र रत्न बिक रहेका छन् ।

Leave a Reply