नेपाल टेलिकमले ल्यायो ग्राहकलाई यस्तो सुबिधा

३१ बैशाख, काठमाडौं । नेपाल टेलिकमले एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डेटा उपलब्ध गराउने भएको छ ।यसअन्तर्गत रु। २०० देखि रु। ४९९ सम्म रिचार्ज गर्दा ५०० एमबी डेटा उपलब्ध गराइने छ र सो डेटा २ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी रु। ५०० वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डेटा उपलब्ध गराइने छ र सो डेटा ४ दिन भित्र प्रयोग गर्न सकिने छ ।देशभर जारी निषेधाज्ञाका कारण सर्वसाधारणले घरमै बसी अनलाइन भुक्तानी सेवा प्रदायकका माध्यमबाट रिचार्ज गर्दा टेलिकमले बोनस दिने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस -कहिलेकाँही हाम्रो कम्प्युटरमा जानीनजानी मालवेयर आएको हुन सक्छ । यसले ल्याप्टप र कम्प्युटरको प्रस्तुतीमा पनि फरक पार्ने गर्दछ । एन्टिभाइरस राख्यो भने धेरै जस्तो समस्याको समाधान हुने गर्दछ तर कहिलेकाँही एकदमै राम्रो एन्टीभाइरसले पनि मालवेयरलाई नरोक्न सक्छ ।त्यही कारण आज हामीले तपाईलाई आफ्नो कम्प्युटरबाट मालवेयर कसरी हटाउने भने जानकारी दिदैंछौं । एन्टिभाइरसलाई अपडेट गरिरहने स्एन्टिभाइरसलाई अपडेट गरेर चलायो भने त्यसले अझै राम्रो काम गर्ने गर्दछ । अपडेट गरिएको सफ्टवेयरलाई मालवेयर पहिचान गर्न सजिलो हन्छ ।

एक दिनले पनि पुरानो भएको एन्टीभाइरसले म्यालवेयर आउने सम्भावना बढाइदिन्छ । क्यास्परस्काई सेक्युरीटी क्लाउड फ्री जस्तो एन्टीभाइरस प्रयोग गर्दा राम्रो हुन्छ । साथै स्क्यानको लागि मालवेयर बाइट्स तथा नोर्टन पावर इरेजर सफ्टवेयर प्रयोग गर्न सकिने छ । रिभर्ट, रिबुट, स्क्यान र रिस्क्यान गर्नेस्मालवेयरले असर पारिसक्यो भने प्रयोगकर्ताहरुले सिस्टमलाई रिसेट गरे भने नै राम्रो हुन सक्छ । यदी तपाई विन्डोज टेन प्रयोगकर्ता हुनु हुन्छ भने त्यसमा ब्युल्ट इन माइक्रोसफ्ट डिफेन्डर आउछ ।

जसको लागी पहिले सेटिङ्गमा गएर अपडेट एण्ड सेक्यूरीटीमा जाने र त्यसपछि विन्डोज सेक्यूरीटीमा जाने तथा भाइरस र थ्रेट प्रोटेक्सनमा जाने ।एकपटक विन्डोज डिफेन्डर एक्टीभेट भएपछि बेलाबेलामा स्क्यान गर्ने पनि गर्नुपर्ने हुन्छ । त्यही पनि म्यालवेयर नगएको जस्तो लाग्यो भने रिस्क्यान गर्नुपर्ने हुन्छ । न्यूक्लिअर विकल्प स्नोर्टन पावर ईरेजर जस्ता न्यूक्लीअर विकल्प प्रयोग गर्न सबै प्रयोगकर्तालाई डर लाग्ने गर्दछ किनभने यसले मालवेयर मात्रै नहटाएर हाम्रो डिभाइसलाई पनि क्षति पुर्‍याउन सक्छ । यो कुराको जानकारी त्यो एपले सुरुमै दिने गर्दछ । तर पुरै वीन्डोज १० फ्याक्ट्री रिसेट गर्नुभन्दा एक दुई ओटा प्रोग्रामकै क्षति हुनु ठीक हुन्छ । यसरी डिभाइस अझै सुरक्षित हुन्छ ।

Leave a Reply