कोरोनाको जोखिम बढ्दै,बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्‍,यु

३० वैशाख, काठमाडौँ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृ,त्यु भएको छ । बुधबार ४ बजे दिउँसोदेखि बिहीबार बिहान ८ बजेसम्म यी संक्रमितको मृ,त्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृ,तक मध्ये ६ जना बाँके, २र२ जना बर्दिया र दाङका छन् । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर(१ की ४३ वर्षीया महिलाको बुधबार दिउँसो ४स् ४५ बजे र बाँकेकै नेपालगन्ज उपमहानगर १२ की २९ वर्षीया महिलाको बिहीबार विहान ८ बजे भेरी अस्पताल ल्‍याइ पुर्‍याए लगत्तै मृ,त्‍यु भएको छ । एन्टीजेनबाट कोरोना पोजिटीभ देखाएका उनलाई सोही दिन नारी आइसोलेशन सेन्टरमा राखिएको थियो ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बाँकेकै बैजनाथ गाउँपालिका(६ का ६४ वर्षीय पुरूषको बिहीबार विहान ४स्३० बजे, बाँकेकै डुडुवा गाउपालिका(३ की ५० वर्षीया महिलाको बिहीबार विहान १ बजे, बाँकेकै नरैनापुर गाउँपालिका(५ का ४२ वर्षीय पुरूषको बिहीबार विहान २स्४५ बजे र नेपालगञ्गज उपमहानगरपालिका(१२ बाँकेकी ७६ वर्षीया महिलाको बिहीबार विहान ३स्४५ बजे नै मृ,त्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । अनलाइन खबरमा लेखिएको छ ।

यस्तै भेरी अस्पतालमा उपचाररत राजापुर(६ बर्दियाकी ५६ वर्षीया महिलाको बुधबार साँझ ७स् ४५ बजेको मृत्‍यु भएको छ। नेपालगञ्‍ज मेडिकल कलेजमा वैशाख १८ गते पीसीआर परीक्षण गर्दा कोरोना कोरोना पोजिटीभ देखाएपछि उनी वैशाख २९ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । यस्तै गुलरिया(ड बर्दियाकी ३२ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा बुधबार राति १०स् ३५ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत तुलसीपुर उपमहानगरपालिका (५, दाङकी ३५ वर्षीया महिलाको बिहीबार विहान ५स् ३० बजे र तुलसीपुर उपमहानगरपालिका(६, दाङकै ४३ वर्षीय पुरूषको बुधबार राति ८स्४५ बजे मृ,त्‍यु भएको छ । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २१४ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १६३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृ,त्यु भएको छ ।

Leave a Reply