गणेशजंग रावलको निर्देशन तथा परिकल्पनामा वास्तविक घटनामा आधारित लघु चलचित्र संशय सार्वजनिक

काठमाडौं । हाम्रो समाज टोलमा अझै परिपक्क तरिकाले बुझ्ने सोच्ने मान्छे प्रया कमै नै छन् । अझै भन्ने हो भने बिकट ठाउमा गरिबी र साथि भाई संगतले गर्दा नराम्रो लतमा फसेका धेरै व्यक्ति छन् । समाजमा अनेक प्रकारका घटना घट्ने गरेका छन् । र मान्छे अनेक समस्यामा फसेको हुन्छ । कतिपय समस्यामा मान्छे आफै फसेको हुन्छ भने कतिपय समस्या आफ्नो आनिबानिले गर्दा उत्पन्न हुने गर्दछन । मध्यपश्चिम तथा सुदुर पश्चिमका प्रया जिल्लाबाट रोजगारीका लागि छिमेकी देश भारत पस्नेको लहरै नै चलेको अहिले हैन पहिले देखि नै हो । रोजगारी र केहि धन पैसा कमाएर आफ्नो घर परिवार खुसि राख्ने हेतुले जब भारत पलायन हुन्छन ।

सबैले धन पैसा कमाएर ल्याउछां भन्ने पनि हुदैन् कतिपय त्यतिकै साथीहरुको पछी लागेर ज्यान समेत गुमाएका घटाना बाहिर आउने गर्दछन । पछिल्लो समय सामाजिक संजाल र प्रविधिको बिकाससंगै यौनजन्य रोगका कारण युवा तथा अधबैश्या सिकार बनिरहेका छन् । सुदूरपश्चिममा यतिबेला निकै नै झागीएको छ । यस्ता यौनजन्य रोगहरुबाट धेरै व्यक्तिको ज्यान समेत गैसकेको छ । घरबारविहीन भएका छन् । यसै यथार्त घटनालाई आधारित बनाएर गणेशजंग रावलले चेतनामुलक लघुचलचित्र संशय निर्माण गरेका छन् ।

चलचित्रमा बर्षौ पछि भारतबाट काम गरेर घर आएको श्रीमानलाई एड्स लागेको शंका लागेपनि श्रीमान स्वीकार गर्न तयार नभएपछि रमिला र उसको श्रीमान बीच द्वन्द सृजना भएको छ । रमिलालाई आफ्नो श्रीमानलाई एड्स लागेको हो होईन भनेर पुष्टी गर्न अस्पताल जान जोड गर्छिन तर श्रीमान् भने चाज गर्न मानिरहेका छैनन । अछाम भएका समस्याको परिबेश समेटेर तयार पारिएको चलचित्र भेडापानी युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । रावलले आफुले अध्ययन गर्ने कलेजको प्रोजेक्टमा अछामको बिषयबस्तु समेटेर लघु चलचित्र तयार पारेका हुन् ।

किपालय उत्पादक र भेडापानी ईन्टरटेन्मेण्टको प्रस्तुतीका रुपमा सार्वजनिक भएको संशयमा रावलकै कथा तथा निर्देशन छ । अछामको कालीमाटीमा छायांकन भएको चलचित्रमा मुख्य पात्रका रुमा भिष्म जोशी र शुसिला खड्का रहेका छन् । रावल र नव विजय श्रेष्ठले निर्माण गरेको संशय विभिन्न चलचित्र महोत्सवमा छनोट भैसकेको लघु चलचित्र हो । आशा छ यो लघु चलचित्रले मनोरञ्जन मात्र नभएर एक चेतनामुलक पुलको काम गर्नेमा हामि आशाबादी रहेका छौ ।
पुरा भिडियो हेर्नुस् ।

Leave a Reply