रश्मि भट्टको कारुणिक एक दृश्य भिडियोमा सोहि भिडियो सार्वजनिक “आमा तिम्रै झल्को छ”

काठमाडौं । आज आमाको मुख हेर्ने दिन अर्थात्(मातातिर्थ औशी)देशी भरि कोरोनाको माहामारिका साथमा पनि हर्षोल्लासका साथ् मनाई रहेका छन् । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने चलन रहेको छ ।
मातातीर्थको अवसर पारेर नेपाली गित संगीतको माहोलमा तथा चलचित्र क्षेत्रमा बिगत लामो समय बिताएकी रश्मि भट्टको दृश्यमा कारुणिक अभिनय सहित सर्जक सतिश अधिकारीको परिकल्पना तथा यथार्त घट,नालाई आधारित बनाएर अधिकारीकै शब्द सृजनामा यथार्थपरक गित”आमा तिम्रै झल्को छ”सार्वजनिक भएको छ ।

नेपालि गित संगीतका हरेक विधामा उत्तिकै माहिर बिष्णु भट्टको संगित तथा स्वरमा साथमा सुनितामी परियारको स्वरमा एस थ्रीके ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । सतिश अधिकारीको शब्द सृजनामा तयार भएको गीतको संगीत एरेन्ज भने सुदिप सागरले गरेका हुन् । बिगत लामो समय देखि गित संगीतमा रम्दै रमाउदै हरेक गित संगीतलाई न्याय दिदै निर्देशन गर्दै आएका देबेन्द्र कुवरले निर्देशन गरेका छन् ।

प्रकाश खड्काले छायांकन गरेको म्युजिक भिडियो दिन्सन शाहले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा नेपालि चलचित्र देखि हरेक गीतसंगीतका म्युजिक भिडियोमा अभिनय गर्दै आएकी लोकप्रिय आमाको भूमिकामा रश्मि भट्टले अभिनय गरेकी छन् भने प्रबासमा रहेर नेपालि गित संगीतलाई सधै माया गर्ने,कला सस्कृति जग्रेना गर्नको लागि लागिरहेका सर्जक तथा मोडल सतिश अधिकारिको साथमा समिक्षा पोखरेलको अभिनय रहेको छ ।

हेर्नुहोस यो भिडियो :

Leave a Reply