गुफामा लुकेर बसेको अवस्थामा ६ विदेशीसहित १ नेपाली प’क्रा’उ

काठमाडौँ – भारतीय राज्य उत्तराखण्डको एक गुफामा लु’केको अवस्थामा ६ विदेशीसहित १ नेपाली फेला परेका छन् ।

कोरोनाभाइ’रसको सं’क्रम’ण फैलिन नदिन भारत सरकारले जारी गरेको लकडाउनका कारण अल’पत्र परेका उनीहरु भारतीय शहर ऋषिकेश नजिकैको एक गुफामा फेला परेका हुन् ।

गुफामा फेला पर्नेमा ४ पुरुष र २ महिला छन् । पहिले उनीहरु ऋषिकेश शहर नजिकैको होटेलमा बस्दै आएका थिए । तर, होटलमा बस्नका लागि पैसा सकिएपछि उनीहरु गुफामा बस्न पुगेका सीएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

गुफामा फेला पर्नेमा १ नेपाली तथा यक्रेनका २ जना र फ्रान्स, टर्की तथा अमेरिकाका १–१ नागरिक छन् । उत्तराखण्ड प्रहरीका प्रवक्ता मुकेश चन्दले उनीहरु मार्च २४ देखि गुफामा बस्दै आएका जनाएका छन् ।

स्थानीयको सूचनाका लक्ष्मणझुला क्षेत्रको प्र’हरीले उनीहरुलाई गुफाबाट उ’द्दार गरी नजिकैको आश्रममा पठाइएको उत्तराखण्ड प्रहरी प्रवक्ता चन्दले उल्लेख गरेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्भावित सं’क्रम’ण रोक्न २ हप्ता सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको उत्तारखण्डका प्र’हरी प्रवक्ता चन्दले बताएका छन् ।

Leave a Reply