एकै दिन भक्तपुरमा ६ जना संक्रमितको मृ,त्यु

२६ बैशाख,काठमाडौं-भक्तपुरमा शनिबार एकैदिन कोरोना भाइरस संक्रमणको कारण ६ जनाको मृ,त्यु भएको छ। यसअघि पनि एकैदिन ४ जना संक्रमितको मृ,त्यु भएको थियो। नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएपछि यहाँ एकैदिन सबैभन्दा बढी शनिबार ५ पुरुष र एकजना महिला गरी ६ जना संक्रमितको मृ,त्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको हो। कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नगरपालिकामध्ये मध्यपुर थिमि र सूर्यविनायकका २–२ जना पुरुष तथा चाँगुनारायणका एक जना पुरुष र एकजना महिला संक्रमितको मृ,त्यु भएको बताए।

यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण ज्या,न गुमाउनेको संख्या एकसय ४७ पुगेको छ। जसमा ९६ जना पुरुष र ५१ जना महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजार बताउँछन्। अहिलेसम्म भक्तपुरमा सबैभन्दा बढी मध्यपुर थिमि नपाका संक्रमितको मृ,त्यु भएको छ। यहाँका ३५ पुरुष र १६ महिला गरी ५१ जना संक्रमितले ज्या,न गुमाएका छन्। मध्यपुर थिमिपछि भक्तपुर नपाका ३२ पुरुष र १८ महिला गरी ५० जना, सूर्यविनायकका २० पुरुष र १३ महिला गरी ३३ जना तथा चाँगुनारायण नपाका ९ पुरुष र ४ महिला गरी १३ जना संक्रमितको मृ,त्यु भएको छ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएसँगै भक्तपुरमा कोरोना भाइरस संक्रमण तीव्र बढेको छ। शनिबार एकैदिन ४ सय ३४ नयाँ संक्रमित थपिएका छन्। यससँगै यहाँ सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ८९ जना पुगेका छन्।भक्तपुरमा सबैभन्दा बढी मध्यपुर थिमि नपामा ६ सय ७१ पुरुष र ६ सय ६ सय ८ महिला गरी एकहजार २ सय ७९ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ३२ जना पुरुष र ३२ जना महिला गरी ६४ जना अस्पताल तथा नपाको आइसोलेसनमा छन् भने बाँकी सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए।

त्यस्तै सूर्यविनायक नपामा ५ सय १२ पुरुष र ४ सय ४२ महिला गरी ९ सय ५४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १९ पुरुष र १९ महिला गरी ३८ जना अस्पतालको आइसोलेसनमा छन्।भक्तपुर नपामा ३ सय ३९ पुरुष र ३ सय १७ महिला गरी ६ सय ५६ सक्रिय संक्रमित छन्। जसमध्ये ३० महिला र २९ पुरुष गरी ५९ जना अस्पतालको आइसोलेसनमा छन्।

त्यस्तै चाँगुनारायण नपामा २ सय ३० पुरुष र एकसय ६४ महिला गरी ३ सय ९४ जना सक्रिय संक्रमितमध्ये २६ पुरुष र १४ महिला गरी ४० जना अस्पतालको आइसोलेसनमा रहेका छन्।सक्रिय संक्रमितको ५।६ प्रतिशत अस्पताल तथा नपाले सञ्चालन गरेका आइसोलेसनमा छन्। ८४।४ प्रतिशत संक्रमित भने होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।भक्तपुरका कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४९ पुरुष र ६ हजार २ सय एक महिला गरी १३ हजार ९ सय ५० पुगेका छन्। त्यस्तै ५ हजार ७ सय ३४ पुरुष र ४ हजार ४ सय ८० महिला गरी १० हजार २ सय १४ जना अर्थात ७३ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्।

Leave a Reply