देउवासँग ठाकुर र महतोको डेढघन्टा गोप्या भेटवार्ता पछि प्रधानमन्त्री ओली भेट्न बालुवाटार

२६ बैशाख,काठमाडौं – संसद्को अंकगणितमा निर्णायक खेलाडीका रुपमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आइतबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बूढानिलकण्ठमा देउवासँग करिब डेढ घण्टा छलफल गरेर दुवैजना प्रधानमन्‍त्री केपी ओली भेट्न बालुवाटार लागेका छन्। बूढानिलकण्ठमा ठाकुर र महतोले आफूहरू कतै नलागेर तटस्थ बस्‍ने जानकारी दिएको स्रोतले बतायो। प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिँदैछन् ।

जसपाभित्र सरकारलाई सघाउने कि विपक्षी गठबन्धनमा लाग्‍ने भन्‍नेमा विवाद छ। उपेन्द्र यादव र डा बाबुराम भट्टराईसहितको समूह ओलीलाई हटाएर नयाँ सरकार बनाउने पक्षमा छ भने ठाकुर र महतो ओलीसँग निटक देखिएका छन्। तर अहिलेसम्म कुनै संस्थागत निर्णय भएको छैन । अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

एमालेभित्रै नेपाल पक्षले वैकल्पिक सरकार निर्माणको अभियानलाई सघाउन राजीनामा दिने तयारी गरेपछि ओलीलाई सघाउन तयार भएका महन्थ र महतोसहित समूह पनि अहिले ब्याक भएको छ। संसदमा जसपाको ३४ सिट छ। करिब आधा आधा सांसदहरू दुई समूहमा विभाजित छन्।

Leave a Reply